spot_img

Wednesday, October 9, 2024

सरकारले एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त

भदौ  १४ काठमाडौँ । सरकारले एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो । मुख्यसचिव लिलादेवी गड्तौलाले भोलीबाट अवकाश पाउने भएपछी रिक्त पदमा अर्याल नियुक्त भएका हुन् ।

अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।

  • -advertisement-
  • -advertisement-

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गरिने व्यवस्था छ ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार