spot_img

Thursday, February 13, 2025

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा टीआरसी विधेयक प्रमाणीकरण

भदौ १३ काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

  • -advertisement-

‘‘राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’’ प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार