spot_img

Wednesday, October 9, 2024

सुन आज सर्वाधिक महँगो / तोलाको १ लाख ५३ हजार दुईसय रुपैयाँमा कारोबार

भदौ १३, काठमाडौँ।  सुन आज  इतिहासकै सर्वाधिक महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार)  सुन १ लाख ५३ हजार दुईसय रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सर्वाधिक महँगो बनेको सुन आज पनि बढेको हो। हिजो सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ थियो।

  • -advertisement-
  • -advertisement-

यसअघि यही भदौ ५ गते १ लाख ५३ हजार पुगेर सुन केही सस्तिएको थियो। तर फेरि बढेको छ ।

चाँदीको मूल्य भने आज घटेको छ। हिजो तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २५ रुपैयाँ घटेर एक हजार ८ सय ३० रुपैयाँ झरेको छ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार