spot_img

Monday, October 14, 2024

क्यान्सर पिडित ओम माया सिंजाली मगरको उपचारका लागि आर्थिक अभाव / सहयोग गरीदिनु हुन परिवारको अपिल

भाद्र १२, चितवन । क्यान्सर पिडित  ओम माया सिंजाली मगरको उपचारका लागि आर्थिक अभाव भएको छ ।  पुर्वी नवलपरासी गैडाकोट नगरपालिका – ७ निवासी ओम माया सिंजाली मगर क्यान्सर हस्पिटलमा  उपचारको क्रममा रहनु भएको छ । मगरको  छिटो भन्दा छिटो अप्रेसन गर्नु पर्ने अस्पतालले जनाएको छ । करिब  ६ बर्ष देखी स्तन क्यान्सरको उपचार गराउदै आइरहनु भएकी मगरको  हाल सम्म झण्डै १५ लाख खर्च भएको परिवारले जनाएको छ । सामान्य घरपरिवारका जन्मनु भएकी ओम मायाँको उपचारमा अझै धेरै रकम लाग्ने भएकाले सहयोग गरिदीन परिवारले अपिल गरेको छ ।

उहाको जिवन रक्षाको लागी देश विदेशमा रहनु हुने सम्पुर्ण सहयोगी हातहरु, विभिन्न संघ  सस्था, धार्मिक ब्यक्तित्वहरुलाई सहयोग गरीदिनु हुन परिवारले अपिल गरेको हो । सहयोगको लागी ओम माया सिंजालीको बैक खातामा पैसा जम्मा गर्न सक्नु हुने छ ।
बैंक : राष्ट्रिय बाणिज्य बैंक, Rastiya Banijya bank
नाम : ओम मायाँ सिंजाली मगर, 0m maya sinjali magar
खाता नं. : ३३५०१००००२९८६०१०, 3350100002986010 र क्यान्सर पिडित  ओम माया सिंजाली मगरको मोवाइल नम्बर ९८०७११४९७२,9807114972  मा सम्पर्क गर्न सक्नु हुने छ ।

  • -advertisement-
  • -advertisement-

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार