spot_img

Friday, May 16, 2025

बङ्गलादेश साफ यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

भदौ १०,काठमाडौँ।  साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो ।

टाइब्रेकरमा भारतको पहिलो प्रहार बङ्गलादेशका गोलरक्षकले विफल पार्नुभएको थियो । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो । फाइनलमा बङ्गलादेशले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । नेपाल र बङ्गलादेशबिचको फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार