spot_img

Tuesday, January 21, 2025

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने

 भदौ १०, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ । सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनामा परेको बस निकाल्नको लागि सडक बन्द गरिएको हो ।

बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले तत्काल सडक नखुल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको क्रेन मगाएर बस निकाल्न लागिएको उहाँले जानकारी दिनुभयो । दिउँसो १२ बजेसम्ममा काम पुरा गर्ने योजना रहेकोमा बुम भाँचिएपछि सम्भव नभएको पौडेले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “यात्रुलाई समस्या नपरोस् भनेर अर्को क्रेन मगाएर आजै दिनभरीमा पुरा गर्ने गरी काम भइरहेको छ ।”

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस मस्र्याङदी नदीबाट निकाल्लको लागि यातयात बन्द गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ७ः४५ बजेबाट निकाल्न लागिएको र चार घण्टादेखि पाँच घण्टा समयमा निकाल्ने योजना थियो ।

दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नको लागि ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधानहरु पूर्णरुपमा बन्द गरिएको हो ।

ऐनापहरा भारतीय पर्यटक रहेको बस मस्र्याङदीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गरि सोमबार विहान ६ः३० बजेबाट १० बजे सम्म गरी साढे तीन घण्टा यातयात बन्द हुने सूचना जारी गरेको थियो । तर १० बजेपछि पनि सडक नखुल्दा यात्रु समस्यामा परेका हुन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार