भाद्र ०४ गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटमा नयाँ कार्यसमिति चयनका लागि आज भएको मतदान प्रक्रिया सकिएको छ ।
नन्दन सामुदायिक वन उपभोक्ता समूहका जम्मा १५९६ मतदाता मध्ये ११७९ जनाले मतदान गरेका छन । मतदान बाट ७३.८८ % मत खसेको छ ।
समूहको कार्यक्षेत्र गैँडाकोट ६, ८ र ९ नम्बर वडाका १५९६ मतदातामध्ये ११७९ जनाले मतदान गरेको निर्वाचन समिति संयोजक छत्रराज पौडेलले जानकारी दिनुभयो । सर्वपक्षिय बैठकपछि आजै ८ बजेबाट मतगणना हुने संयोजक पौडेलले जानकारी दिनुभयो । मतगणना दुई ठाउँमा एकसाथ हुने उहाँले बताउनुभयो ।
नन्दन सामुदायिक वनका उपभोक्ता सदस्यहरुले अध्यक्ष पदमा ३ जनालाई मतदान गरेका छन् । अध्यक्षमा हरिमाया अधिकारी, वेलप्रसाद पौडेल र माधव चालिसेबीच तीव्र प्रतिष्पर्धा रहेको छ ।
त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष पदमा नरजंग राना, सचिवमा इश्वरी कुमाल, कोषाध्यक्षमा डिला सुवेदी र सह- सचिवमा झलकराज शर्मा चुनाबी मैदानमा रहेका थिए। त्यसैगरी एमाले सहितको साझा गठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा खुमनाथ पौडेल, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा गुमादेवी शर्मा घिमिरे र सह सचिवमा वसुनी चपाई चुनाबी मैदानमा रहेका थिए।
त्यस्तै लेखा समिति संयोजक पदमा नेकपा एमाले सहितको साझा गठबन्धन बाट माधवप्रसाद न्यौपाने र नेपाली काँग्रेस बाट लक्ष्मीदत्त सापकोटा बिच प्रतिस्पर्दा रहेको थियो । त्यस्तै लेखा समिति खुल्ला सदस्य पदमा लोकनाथ सापकोटा र महिला सदस्यमा सबिना विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै नेपाली काँग्रेसको तर्फबाट जनजाति खुल्ला सदस्यमा राजेन्द्रबहादुर कुमाल , जनजाति महिला सदस्य तर्फ तुलीमाया डिस्वा मगर र खरीमाया मगर ,दलित महिला सदस्य तर्फ ज्ञानकुमारी दर्जी ,महिला खुल्ला सदस्यतर्फ विष्णुमाया खत्री ,गीतादेवी सापकोटा,जमुनादेवी न्यौपाने ,खुल्ला सदस्यमा छायादत्त सापकोटा,चित्रबहादुर बोहरा र टिकाराम सुवेदी चुनाबी मैदानमा रहेका थिए ।
त्यसैगरी एमाले सहितको साझा गठबन्धनको तर्फबाट जनजाति खुल्ला सदस्यमा दुर्गे तामाङ , जनजाति महिला सदस्य तर्फ लक्ष्मी लामा ,रश्मिता प्रधान , दलित महिला सदस्य तर्फ छमकुमारी बिक,महिला खुल्ला सदस्यतर्फ ,कौशिला खत्री, पार्वती शर्मा ,विष्णु देवकोटा , खुल्ला सदस्यमा खगराज गौतम ,रुद्रनाथ पन्थ , हेम शर्मा चुनाबी मैदानमा रहेका थिए।
त्यस्तै दलित एक सदस्य तर्फ स्वतन्त्र रुपमा मिना बिक ,खुल्ला सदस्यतर्फ स्वतन्त्र रुपमा ताराकुमारी शर्मा, रामकली घिमिरे , मन्दोधरी सापकोटाचुनाबी मैदानमा रहेका थिए ।