spot_img

Thursday, October 3, 2024

नन्दन सामुदायिक वन गैँडाकोटमा नयाँ कार्यसमितिका लागि आज मतदान हुँदै / अध्यक्ष पदमा ३ जनाबीच प्रतिष्पर्धा

भदौ ४,गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटमा नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै छ । नन्दन सामुदायिक वनको अध्यक्ष पदमा ३ जनाबीच प्रतिष्पर्धा रहनेछ । अध्यक्षमा हरिमाया अधिकारी, वेलप्रसाद पौडेल र माधव चालिसेबीच तीव्र प्रतिष्पर्धा रहेको छ । निर्वाचन कार्यतालिका अनुसार आज मतदान हुनेछ । मतदान कार्य विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने भनिएता पनि बर्षाको कारण विहान ९ बजेदेखि अपरान्ह ६ बजेसम्म हुने  निर्बाचन समिती संयोजक छत्रराज पौडेलले फास्ट खबर अनलाईनलाई जानकारी दिनुभयो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

नेपाली काँग्रेस बाट अध्यक्ष पदका लागि बेल प्रसाद पौडेल ,नेकपा एमाले ,माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टि सहितको साझा गठबन्धन बाट अध्यक्षका लागि हरिकला अधिकारी र माओवादी केन्द्रबाट टिकट नपाएर सार्बजनिक रुपमा पाटि छाडेको घोषणा गरेर स्वतन्त्र रुपमा चुनाब लडेका माधव चालिसे बिच प्रतिष्पर्धा रहने देखिएको छ ।  देवराज गिरी , भिमलाल शर्मा ले माधव चालिसेलाई समर्थन गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट उपाध्यक्ष पदमा नरजंग राना, सचिवमा इश्वरी कुमाल, कोषाध्यक्षमा डिला सुवेदी र सह- सचिवमा झलकराज शर्मा चुनाबी मैदानमा रहेका  छन् । त्यसैगरी एमाले सहितको साझा गठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा खुमनाथ पौडेल, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा गुमादेवी शर्मा घिमिरे र सह सचिवमा वसुनी चपाई चुनाबी मैदानमा रहेका  छन् ।

त्यस्तै लेखा समिति संयोजक पदमा नेकपा एमाले सहितको साझा गठबन्धन बाट माधवप्रसाद न्यौपाने र नेपाली काँग्रेस बाट लक्ष्मीदत्त सापकोटा बिच प्रतिस्पर्दा हुने भएको छ । त्यस्तै लेखा समिति खुल्ला सदस्य पदमा लोकनाथ सापकोटा र महिला सदस्यमा सबिना विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।

त्यस्तै नेपाली काँग्रेसको तर्फबाट जनजाति खुल्ला सदस्यमा राजेन्द्रबहादुर कुमाल , जनजाति महिला सदस्य तर्फ तुलीमाया डिस्वा मगर र खरीमाया मगर ,दलित महिला सदस्य तर्फ ज्ञानकुमारी दर्जी ,महिला खुल्ला सदस्यतर्फ विष्णुमाया खत्री ,गीतादेवी सापकोटा,जमुनादेवी न्यौपाने ,खुल्ला सदस्यमा छायादत्त सापकोटा,चित्रबहादुर बोहरा र टिकाराम सुवेदी चुनाबी मैदानमा रहेका  छन् ।

त्यसैगरी एमाले सहितको साझा गठबन्धनको तर्फबाट जनजाति खुल्ला सदस्यमा  दुर्गे तामाङ , जनजाति महिला सदस्य तर्फ लक्ष्मी लामा ,रश्मिता प्रधान , दलित महिला सदस्य तर्फ छमकुमारी बिक,महिला खुल्ला सदस्यतर्फ  ,कौशिला खत्री,  पार्वती शर्मा ,विष्णु देवकोटा , खुल्ला सदस्यमा खगराज गौतम ,रुद्रनाथ पन्थ , हेम शर्मा चुनाबी मैदानमा रहेका  छन् ।

त्यस्तै दलित एक सदस्य तर्फ स्वतन्त्र रुपमा मिना बिक ,खुल्ला सदस्यतर्फ स्वतन्त्र रुपमा ताराकुमारी शर्मा, रामकली घिमिरे , मन्दोधरी सापकोटाचुनाबी मैदानमा रहेका  छन् ।

 

निर्वाचन समितिका अनुसार निर्वाचन कार्यका लागि प्रकाशित गरेको मतदाता नामावली बाहेक अरु कसैले  मतदानमा सहभागिता जनाउन पाउने छैनन् । उपभोक्ता सदस्यको नामावलीमा घरमूली पुरुष वा महिला भएको तर वैकल्पीक नाममा खाली रहेको सन्दर्भमा घरमूलि कायम रहेको पुरुष वा महिलाको नाता प्रमाणित नेपाल सरकारले जारी गरेको सक्कल नागरिकता प्रमाणपत्र, सक्कल विवाह दर्ता, जन्मदर्ता, कागजात पेश गरेको खण्डमा निजको वैकल्पिक व्यक्तिले पनि मतदान कार्यमा भाग लिन पाउने भएका छन् ।
मतदाता नामावलीमा नाम भएको अशक्त, बृद्ध व्यक्तिको हकमा एकाघर परिवार भित्रका इच्छाएको व्यक्तिले मात्र नाता प्रमाणित हुने नेपाल सरकारले जारी गरेको सक्कल कागजात पेश गरेको खण्डमा मतदान कार्यमा सहयोग गर्न पाउने निर्वाचन समितिका संयोजक छत्रराज पौडेलले फास्ट खबर अनलाईनलाई जानकारी दिनुभयो । मतदान कार्य गर्न जाँदा उपभोक्ता सदस्यले नेपाल सरकारले जारी गरेका सक्कल प्रमाणित कागजात पनि अनिवार्य पेश गर्नु पर्ने संयोजक पौडेलले जानकारी दिनुभएको छ । मतदान स्थलभित्र प्रचार पम्पप्लेट टाँस्न नपाइने, मतदान स्थल भित्र मतदान गर्न जाने मतदाताले मोबाइल लैजान निषेध गरिएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार