single head

बाढीबाट प्रभाबितहरुलाई लायन्सको सहयोग

single post top 1

भदौ २,चितवन । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरले नारायणी नदिमा आएको बाढीबाट प्रभाबितहरुका लागि यहि भाद्र २ गते आईतबार गैडाकोटमा बिभिन्न राहत सामग्री प्रदान गरेको छ । डिष्ट्रिक ३२५ आर का सचिब MJF निरज श्रेष्ठले लायन्स अन्तराष्ट्रियबाट प्राप्त सहयोग र डिष्ट्रिक ३२५ आरको आफ्नै आपतकालिन कोषबाट बाढीबाट प्रभाबितहरुका लागि सहयोग गरिएको बताउनुभयो ।

single p1


लायन्स क्लबलाई सामाजिक एवं मानविय सेवाको पर्याय मानिन्छ । बृक्षारोपण, मधुमेह सचेतना, आँखाको उपचार, भोजनसेवा, बृहत्त स्वास्थ्य शिबिर,रक्तदान, जस्ता क्षेत्रमा बिभिन्न लायन्स क्लबहरुले उल्लेखनिय कार्य गर्दै आएका छन् ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरले बाढी आउने बित्तिकै प्रभावितहरुकालागि खाना, शुद्ध पानि उपलब्ध गराएको थियो । बाढीबाट प्रभाबितहरुका लागि चामल, तेल, दाल, नुन, मसला लगायतका खाद्य सामाग्री, प्राथामिक उपचार सामग्री, ओड्नका लागि ब्याल्ङ्ककेट, म्याट, शुद्ध पिउने पानी, फिनेल लगायतका अत्यावश्यक सामग्रीहरु आज प्रदान गरेको हो ।

single p2

टोल सुधार समितिको समन्वय एवं गैडाकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष प्रकाश सापकोटाको उपस्थितीमा राहत समाग्री बितरण गरिएको हो । राहत बितरण कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का डिष्ट्रिक गर्भनर PMJF दिनानाथ न्यौपाने, प्रथम भाईस डिष्ट्रिक गर्भनर MJF नवराज सापकोटा, द्धितिय भाईस डिष्ट्रिक गर्भनर MJF प्रभाकर पण्डित, पुर्व गर्भनर PMJF रामप्रसाद भट्ट, कोषाध्यक्ष MJFशंकर नेपाल लगायतका लायनहरुको उपस्थिती रहेको थियो । राहत बितरण कार्यक्रमको संयोजन लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका एक्जुकेटिभ चिफ पूर्ण प्रसाद शर्माले गर्नुभएको थियो ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3