कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जिकिर

krishi top

भदौ १, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताउनु भएको छ।

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भए पनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष प्रचण्डको भनाइ थियो।

Article Inline 2

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गर्नुभयो। प्रतिक्रियावादीले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोपसमेत अध्यक्ष प्रचण्डले लगाउनु भएको छ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादी लागि नै रहन्छन्। कहीँ न कहीँ आशंकाको तुवालो थियो। स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईँलाई बडो गर्वका साथ भन्नसक्छु–त्यो तुवाँलो हटेको छ। पार्टी फुटको भ्रम चिरिएको छ। र प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ। प्रभाकर (जनार्दन शर्मा)ले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ। यो तपाईं हामी सबैको लागि खुशीको कुरा हो।’

उहाँले उपमहासचिव शर्मासँग आफूबिच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताउनुभयो। तर त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पु¥याएको अध्यक्ष प्रचण्डको निष्कर्ष थियो।

उहाँले पार्टी स्थायी समिति बैठकले उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताउनुभएको हो। अध्यक्ष प्रचण्डले पार्टीभित्र खुला छलफल गर्न दिने सोचअनुसार आफूले पछिल्ला बैठक सञ्चालन गरेको बताउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :