spot_img

Friday, October 4, 2024

विकू बचतको गैडाकोटमा भएको वक्तृत्वकला प्रतियोगितामा पञ्चकन्या मा.वि प्रथम / भदौ १ गते बृहत रक्तदान हुने

 साउन ३२,गैँडाकोट ।  विकू बचत तथा ऋण सहकारी संस्थाले ३४ औँ वार्षिकोत्सवको अबसरमा गैडाकोटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

शुक्रवार सम्पन्न माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीतामा नवलपुर र चितवन क्षेत्रका १७ वटा विद्यालयका छात्र तथा छत्राहरुको सहभागीता रहेको थियो । आर्थिक तथा सामाजिक रुपान्तरणमा विकू भन्ने विषयमा भएको  प्रतियोगितामा  पञ्चकन्या मा.वि., चितवन रत्ननगर जयमंगलाकी स्मृति पाण्डेले प्रथम स्थान हासिल गर्नु भएको छ ।

त्यस्तै जनक नमुना मा.वि., गैडाकोटकी गरिमा अधिकारी द्धितीय  , बालकुमारी मा.वि., नारायणगढकी दिलु वि.क  (निलम लोकल्याणी) तृतिय , जनता मा.वि., हर्कपुरकी अंकिता अधिकारी सान्त्वना  हुनुभएको छ । कार्यक्रममा नारायणी मा.वि., गैडाकोटका नितेश पटेल उदीयमान बक्ताको रुपमा स्थान प्राप्त गर्न सफल हुनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष  खेमराज सापकोटा रहनु भएको थियो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरु, अन्य समितिका सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन उप समितिका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी, विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु, सेवाकेन्द्र प्रमुखहरु र अन्य सदस्यहरुको  उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष  कालिदाश गौडेलले राख्नु भएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक  कमल सुवेदीले सम्वोधन गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत  माधवप्रसाद पौडेलले गर्नु भएको थियो ।

विकू बचत तथा ऋण सहकारी संस्थाले ३४ औँ वार्षिकोत्सवका अवसरमा भोली (शनिवार) भदौ १ गते विहान ८ बजेबाट रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रम पूजा सेवा केन्द्र परिसर टाँडी बकुलरमा, केन्द्रीय सेवा केन्द्र अन्तर्गत विजय विकास स्रोत केन्द्र गैँडाकोट ८ मा र कावासोती सेवा केन्द्र परिसर कावासोती ३ हलचोकमा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विकू बचतको स्थापना २०४८ साल भदौं ५ गतेकै दिन भएको थियो । तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्य मिली विकू बचतको स्थापना भएको थियो । तत्कालीन विजय युवा क्लबको एउटा कार्यक्रमको रुपमा ‘विजय युवा क्लब क्रेडिट युनियन’ भनेर संचालन गरिएको थियो । विकूको वित्तीय अभियान प्रति व्यक्ति दैनिक ५० पैसा संकलन गरी सुरु भएको थियो । २६ जनाबाट सुरु भएको विकूमा हाल एक लाख २१ हजार ६४९ आवद्ध छन् भने १० अर्ब ४० करोड ७२ लाख १२ हजार २सय ६४ रुपैयाँ ५६ पैसाको कुल सम्पत्ति पुगेको छ ।

समाजमा ब्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने विकूको मुख्य उद्देश्य थियो । यसरी बचत भएको रकमलाई सदस्यहरु भित्रै परिचालन गरी विभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रबद्र्धन गर्नु अभियानको उद्देश्य थियो । विकू बचतले २०५४ सालदेखि नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति प्राप्त समेत प्राप्त गरेको थियो । हाल भने राष्ट्र बैंक बाहिरिसकेको छ ।

अथक मेहनतको साथ वित्तीय, गैरवित्तीय तथा उच्च प्रविधियुक्त सेवा सहज र सर्वशुलभ तरिकाले प्रदान गर्दै आज विकू बचत नेपालमा मात्रै नभई एसिया स्तरमै परिचित छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाउँदै विकू बचत स्थानीय समुदायको पहिलो रोजाईको सहकारी बन्न सफल भएको संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले बताउँछन् ।

विकूले सदस्यहरुको आर्थिक र सामाजिक साँस्कृतिक पक्षमा मात्र नभएर वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका अभियान समेत चलाइरहेको छ । आगामी दिनमा विकूले सदस्यहितका थप प्रभावकारी कार्यक्रम अघि बढाउने र गुणस्तरीय र विस्तारित सेवा प्रदान गर्ने प्रतिवद्धता विकू बचतले गरेको छ ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार