गट्ठाघर सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) लाई गृहमन्त्रीको निर्देशन

banner 5

साउन ३२, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गट्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) लाई निर्देशन दिएका छन्।

उनले प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग दुर्घटनाबारे जानकारी लिँदै दुर्घटनाको कारण खोजी गर्न निर्देशनसमेत दिएको गृहमन्त्रालयको सचिवालयले जनाएको छ।

Article Inline 2

‘गठ्ठाघरको दुर्घटनामा के भएको होरु दुर्घटना हुनुमा कसैको गल्ती छ कि  यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’ आइजिपी कुँवरलाई गृहमन्त्री लेखकले भने।

बिहीबार दिउँसो भक्तपुरको गट्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :