spot_img

Wednesday, October 9, 2024

सर्वोत्तम सिमेन्टको खुद नाफा १७ करोड ४२ लाख रूपैयाँ भन्दा बढी

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १७ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म २१ करोड ३८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष १८ दशमलव ५१ प्रतिशत कम खुद नाफा गरेको हो ।

गत वर्ष कम्पनीको सञ्चालन वापत्को आम्दानी १८ दशमलव ४७ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ५ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी सञ्चालन वापत्को आम्दानी गरेको कम्पनीले गत वर्ष ६ अर्ब ३७ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । खर्च रकम गत वर्ष करिब १४ प्रतिशत कम भएको छ ।

  • -advertisement-
  • -advertisement-

अघिल्लो वर्ष ७१ करोड ३५ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले गत वर्ष ६१ करोड ३७ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रूपैयाँ छ भने अदर इक्वीटी ४ अर्ब २५ करोड रूपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ३ रूपैयाँ ७५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रूपैयाँ ८३ पैसा छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार