चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक

banner 2

काठमाडौं।  भदौ २१ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ।

यो गीतमा त्रेता युगका रावण पात्रको वर्णन गरिएको छ, जहाँ अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन्। अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापालेले पनि गीतमा आफ्नो उपस्थिति देखाएका छन्।

Article Inline 2

भारतको चलचित्र ‘पुष्पा २’को चर्चित गीत ‘पुष्पा पुष्पा’का गायक नाकाश अजिजको स्वरम रहेको यस गीतमा कृष्णहरि बरालको शब्द रचना तथा रेवन आरती सिंहको सङ्गीत छ। विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।

प्रियङ्का कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, कैलाश रावल, अर्जुनजंग शाही लगायतका कलाकारहरूको पनि ‘रावायण’मा अभिनय रहेको छ। शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, रेवनसहित नीरज सिंहको सङ्गीत र श्री श्रेष्ठको द्वन्द्व रहेको छ।

यसअघि सार्वजनिक गरिएको ‘रावायण’को ‘एक्सन प्याक्ड’ टिजरलाई दर्शकले रुचाएका छन्। सो टिजरले तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई चलचित्रको मुख्य कथावस्तु बनाएको सङ्केत दिएको छ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :