spot_img

Thursday, October 3, 2024

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

हिजो हालसम्मकै उच्च मूल्यमा कारोबार भएको अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो पनि यही मूल्यमा अमेरिकी डलर कारोबार भएको थियो ।

यस्तै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज बढेको छ । आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६ पैसा थियो ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर हिजो ७१ रुपैयाँ ९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा रहेकोमा आज खरिददर खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २० पैसा निर्धारण भएको छ । आज अस्ट्रेलियन डलर र बहराइन दिनारको मूल्य घटेको छ भने कुवेती दिनारको मूल्य बढेको छ ।

यस्तो छ अन्य मुद्राको आजको विनिमयदर

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार