चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चार जनाकोआवेदन

arthik side 2

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदको रिक्त स्थानका लागि चार जनाले औपचारिक आवेदन दिएका छन्।

भुवन केसीको कार्यकाल समाप्त भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि चलचित्र निर्देशक, उद्घोषक, सञ्चारकर्मी तथा कलाकार दिनेश डिसी, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र चलचित्र निर्देशक दीपा बस्नेतले प्रतिस्पर्धा गर्न आफ्नो नाम दर्ता गराएका हुन्।

Article Inline 2

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रावण १६ गते चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १५ दिनको समयावधि दिएर आवेदन खुला गरेको थियो। बुधवार आवेदन दिने अन्तिम दिन रहेको र मङ्गलवार दिउँसो निर्देशक दीपा बस्नेतले चौथो नम्बरमा आफ्नो आवेदन दर्ता गराएको जानकारी प्राप्त भएको छ।

सूचनामा नेपाली चलचित्र उद्योगमा योग्यता र अनुभव भएका योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरिएको थियो। अध्यक्ष पदका लागि आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने र नेपाली चलचित्र उद्योगमा कम्तीमा १० वर्षको कार्य अनुभव वा चलचित्र क्षेत्रसँग सम्बन्धित उच्च शिक्षा प्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको छ। यस्तै, कुनै पनि विषयमा प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेका र चलचित्र उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको अनुभव भएका व्यक्तिहरूलाई पनि योग्य मानिनेछ।

यो पदका लागि आवेदन दिएका चार जना मध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ, जहाँ अन्ततः एक जनालाई अध्यक्ष पदका लागि नियुक्त गरिनेछ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :