spot_img

Wednesday, January 15, 2025

नन्दन सामुदायिक वन गैडाकोटको नयाँ नेतृत्व चयन प्रक्रिया  सुरु / अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी

साउन २८ गैडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट वार्ड नं ६ ,८ र ९ को नयाँ नेतृत्व चयन प्रक्रिया  सुरु भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार बाट नयाँ कार्यसमितिको लागि मनोनयन दर्ता शुरु भएको मा १८ पदका लागी  ५० जनाको उम्मेद्वारी दर्ता भएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

निर्वाचनको कार्यक्रम अन्तगर्त आज उम्मेद्वारको नामावली प्रकाशन भएको छ । प्रकाशित नामावली अनुसार अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी रहेको छ जस अन्र्तगत माधव चालिसे , देवराज गिरी ,हरिमाया अधिकारी , बेलप्रसाद पौडेल , भिमलाल शर्मा , टिकाराम सुवेदी  र डिलाराम सापकोटाको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै उपाध्यक्ष पदको लागि खुमनाथ पौडेल  र नरजंग राना को उम्मेद्वारी दर्ता भएको छ । सचिव पदको लागि कमला शर्मा  र ईश्वरी कुमाल  को उम्मेद्वारी दर्ता भएको छ । कोषाध्यक्ष पदमा गुमादेवी शर्मा घिमिरे  ,डिला सुवेदी शर्मा  को उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी सहसचिव पदको लागि भीमप्रसाद शर्मा  ,बसुनी चपाईं र झलकराज शर्मा  को उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै जनजाति खुल्ला एक सदस्यमा दुर्गे तामाङ  र राजेन्द्रबहादुर कुमालको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै २ जना जनजाति महिला सदस्य तर्फ लक्ष्मी लामा  ,नन्दकली दर्लामी  ,रश्मिता प्रदान , तुलीमाया डिस्वा मगर  ,खरीमाया मगरको उम्मेदवारी दर्ता भएको छ भने दलित एक महिला सदस्य तर्फ छमकुमारी बिक  , ज्ञानकुमारी दर्जी  र मिना बिक  को उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै तिन खुल्ला सदस्यमा छायादत्त सापकोटा, खगराज गौतम ,रुद्रनाथ पन्थ ,माधव पौडेल, हेम शर्मा ,चित्रबहादुर बोहरा ,टिकाराम सुवेदी ,ताराकुमारी शर्मा रामकली घिमिरे सापकोटाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै तिन महिला खुल्ला सदस्यतर्फ विष्णुमाया खत्री ,कौशिला खत्री, गीतादेवी सापकोटा, पार्वती शर्मा ,विष्णुदेवकोटा ,जमुनादेवी न्यौपाने, राधा अधिकारीको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै लेखा समिति संयोजक पदमा माधवप्रसाद न्यौपाने र लक्ष्मीदत्त सापकोटा  को उम्मेदवारी दर्ता भएको छ भने एक लेखा समिति खुल्ला सदस्य पदमा मोतिप्रसाद अधिकारी , लोकनाथ सापकोटा  र कृष्णकुमारी अधिकारी को उम्मेदवारी दर्ता भएको छ । त्यस्तै एक लेखा समिति महिला सदस्यमा सबिना विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार