spot_img

Wednesday, February 12, 2025

काठमाडौँका नदी–खोलाको बाढीबाट जनजीवन प्रभावित

साउन १६ ,काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट जनजीवन प्रभावित भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो ।

  • -advertisement-

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क  क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छ जनाको उद्धार गरिएको छ ।

वर्षाले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा क्षति पुर्‍याएको छ । बाढी बागमती किनारका सडकमाथि बाटै बगेकाे छ । काठमाडौंको धोबिखोला, चाबहिल, कपन क्षेत्रमा बाढीको सतह सतर्कताको तहसम्म पुगेको छ । त्यसैले खाेला किनारका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले  अनुरोध गरेको छ । रासस

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार