spot_img

Thursday, October 3, 2024

महिला एसिया कप टी–२० क्रिकेटको उपाधि श्रीलङ्काले जित्यो

साउन १३ ,काठमाडौँ ।  महिला एसिया कप टी–२० क्रिकेटको उपाधि श्रीलङ्काले जितेको छ । आइतबार भएको फाइनलमा श्रीलङ्काले भारतलाई आठ विकेटले हरायो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

जितका लागि एक सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८.४ ओभरमा दुई विकेटको क्षतिमा एक सय ६७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकाका लागि हर्सिथा समराविकर्माले सर्वाधिक ६९ रन बनाउनुभयो ।

उहाँले ५१ बलमा ६ चौका र दुई छक्काको सहयोगमा अविजित उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान चामरी आथापाथाथुले ६१ र काभिसा दिलहारीले अविसिजत ३० रन बनाउनुभयो । बलिङमा भारतका दीप्ति शर्माले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । भारतका लागि समित्री मन्दनाले सर्वाधिक ६० रन बनाउनुभयो । रिचा घोषले ३०, जेमिम रोड्रिग्युजले २९, सफाली वर्माले १६ र हर्मानप्रित कौरले ११ रन बनाउनुभयो ।

बलिङमा श्रीलङ्काका काभिसा दिलहारीले दुई तथा उवेशिका प्रावोधानी सचिनी निसानसाला र कप्तान चामरी आथापाथाथुले एक एक विकेट लिनुभयो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार