साउन १० ,काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।
दिउँसो २ बजे बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ । आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने सभावना रहेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।
प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डे साथै सरोकारवाला अधिकारीले दुर्घटनास्थलको निरीक्षण गरेर अवस्थाको जानकारी लिएका थिए ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो र सत्ता गठबन्धन नटुट्दासम्म एमाले र माओवादीले भागबण्डा पनि गरेका थिए । तर अब नयाँ सत्ता गठबन्धनमा भागबण्डा हुनेछ ।
कमेन्ट :