spot_img

Wednesday, February 12, 2025

नेपाली विद्यार्थी बङ्गलादेश बाटअब स्वदेश फर्किनु पर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयको भनाई

साउन ९,काठमाडौँ ।   बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षण विरोधी आन्दोलन तुहिएको हो । अवस्था जटिल हुँदाका बखत परराष्ट्रमन्त्री डा. आरजु राणाले त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो दिँदै अति जोखिम क्षेत्रमा रहेकालाई स्वदेश फर्काउन पहल गर्नुभएको थियो ।

  • -advertisement-

आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । फर्किन टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन अनुरोध गरिएको राईले जानकारी दिनुभयो । तथापि फर्कनैपर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका हकमा स्वनिर्णयले फर्किन पाउने उहाँले प्रस्ट पार्नुभयो ।

मन्त्रालयका अनुसार मङ्गलबारसम्म एक हजार तीन सय नेपाली विद्यार्थी स्वदेश फर्किसक्नुभएको छ ।

बङ्गलादेशमा नेपालबाट चिकित्साशास्त्र अध्ययनका लागि विद्यार्थी जाने गरेका छन् । कतिपय सरकारी छात्रवृत्तिमा र कतिपय आफ्नै खर्चमा त्यहाँ अध्ययनका लागि जाने गरेका छन् ।

बङ्गलादेशमा तीन हजार जना नेपाली विद्यार्थी तथा केही व्यावसायिक र सरकारी कामकाजको सिलसिलामा नेपाली नागरिक रहेको जनाइएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार