spot_img

Wednesday, January 15, 2025

भारतसँग ८२ रनले पराजित भए सँगै नेपाल एशिया कपको समूह चरणबाटै बाहिरियो

साउन ९,काठमाडौँ ।   नेपाल एसिसि एशिया कपबाट बाहिरिएको छ । भारतसँग ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपको समूह चरणबाटै बाहिरिएको हो ।

श्रीलंकाको दाम्बुलामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । भारतलाई ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तयार पारेका थिए ।

सजीवन सजनाले १२ बलमा १० रन बनाउँदै  आउट भइन् । जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रनमा नटआउट रहे ।

नेपालकी सीता राना मगरले ४ ओभरमा २५ रन खर्चेर २ तथा कविता जोशीले १ विकेट लिइन् ।

भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो ।  नेपालका लागि  सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् ।

सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।

भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २/ २ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन् ।

समूह ‘ए’बाट नेपाल र यूएई बाहिरिँदा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन्। भारत समूहको विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। यो समूहबाट सेमिफाइनल पुग्ने टिमको टुंगो बुधबार लाग्नेछ।  सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

समूह ‘बी’को श्रीलङ्का चार अङ्कसहित शीर्ष स्थानमा छ। थाइल्याण्ड र बङ्गलादेश समान दुई अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको मलेसिया अङ्कविहीन छ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला एसिया कप टोलीमा पूर्व कप्तान रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट सहभागी थिए।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । नेपालले एसिया कपमा पहिलो जित दर्ता गरेको छ । नेपालको एसिया कपमा तेस्रो सहभागीता हो । यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेपनि एक खेल जित्न सकेको थिएन ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार