spot_img

Thursday, October 3, 2024

बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति

साउन ८ ,हेटौंडा ।  बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालका अनुसार मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो। उनका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ ।

कांग्रेस र एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् ।

कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार