साउन ८ ,चितवन। चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
गैंडाको मृत्युको कारण खुलिसकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।
गैँडा बूढो भएर मरेको बताइन्छ । खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको आजै पोस्ट मार्टम गरिने निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कमेन्ट :