साउन ४,गैडाकोट। श्री विनायक कृषि सहकारी संस्था लिमिटेडको नयाँ बिक्री सेवा केन्द्रको शुभारम्भ भएको छ।
शुक्रबार गैडाकोट नगरपालिका वार्ड नम्बर १६ मा अमरापुरी बिक्री सेवा केन्द्रको प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीद्वारा शुभारम्भ गरिएको छ। यो सेवा केन्द्र उद्घाटन भएसँगै श्री विनायक कृषि सेवा केन्द्रको अहिलेसम्म दुईवटा बिक्री सेवा केन्द्र रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले श्री विनायक कृषि सहकारी संस्था लिमिटेडले गैंडाकोट वार्ड नम्बर १४ देखि १७ मा पनि आफ्नो सेवा केन्द्र विस्तार गरेर यहाँको किसानलाई सुविधा दिन र कृषकहरूको माग पूरा गरेर सेवा दिनेमा आफू ढुक्क भएको बताउनुभयो। उहाँले यस संस्थाबाट अरुको भन्दा सहुलियत दरमा बिउभिजन तथा रासायनिक मल सुपथ मूल्यमा दिएको सुन्दा आफू पनि खुसी भएको बताउनुभयो। श्री विनायक कृषि सहकारी संस्था र गैडाकोट नगरपालिका एक आपसमा सहकार्य गरेर अगाडि बढ्ने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैंडाकोट वार्ड नं १७ का वडाध्यक्ष गोपी कँडेलले कृषिको क्षेत्रमा संस्थाले खेलेको भूमिकाको खुलेरै प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो कृषिको क्षेत्रमा वार्ड नं १७ ले वडाको कुल बजेटको २१ लाख कृषिमै छुट्टाइएको जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष तिलक प्रसाद कँडेलले विनायक कृषि सहकारी संस्था लिमिटेड किसानहरू सँग सहकार्य गरेर कृषकलाई परेका समस्याहरूका लागि हर दिन हर समय कृषकहरूकै साथमा रहेको बताउनुभयो। उहाँले भन्नुभयो हाम्रो पहिलो आवश्यकता भान्सा चलाउनु हो, उत्पादन चाहिँ विकासको लक्ष्य भएको उहाँले बताउनुभयो।
कार्यक्रममा गैँडाकोट वडा नम्वर १५ का वडा अध्यक्ष प्रेम प्रसाद तिमिल्सीना, संस्थाका संस्थापक अध्यक्ष गोविन्दप्रसाद सापकोटा, पुर्व अध्यक्ष नारायणप्रसाद कंडेल, ठाकुरप्रसाद सापकोटा, खिमानन्द सापकोटा, संस्थाका कोषाध्यक्ष तेजेन्द्र चालिसे, सदस्य दुर्गा लामिछाने, छविलाल शर्मा खरेल, तारा अधिकारी , छविलाल सापकोटा, चुडामणी सापकोटा ,हर्कपुर विक्रि केन्द्र संयोजक वावुराम रिजाल, मोती प्रसाद अधिकारी, होमनाथ सापकोटा, कृष्ण प्रसाद काफ्ले, वालकृष्ण चापागाई, दिपक कंडेल, जियनराम महतो ,व्यवस्थापक वसन्त पौडेल, कर्मचारीहरु एकनारायण शर्मा र हरि प्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ६६ जना कृषक समुह र टोल विकास संस्थाका कृषकहरुको सहभागी रहेको थियो ।
कार्यक्रममा फुलमा पानी हालेर तथा ब्यानर पढेर प्रमुख अतिथि मदनभक्त अधिकारीले उद्घाटन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष टिकाराम सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सदस्य काशीनाथ कडेलले गर्नुभएको थियो।