spot_img

Wednesday, October 9, 2024

मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन सबै मिडियाकर्मीको जिम्मेवारी जरुरी छ – बालकृष्ण बस्नेत

साउन २, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग भएकाले रचनात्मक र समाधानमुखी पत्रकारिताको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । पत्रकारितालाई सही बाटो हिँडाउन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरुरी रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनका लागि सक्रियता देखाएको पनि उहाँले जानकारी गराउनुभयो ।

  • -advertisement-
  • -advertisement-

युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका मिडियामाथि समेत कडा निगरानी भइरहेको बताउँदै उहाँले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन सबै मिडियाकर्मीको जिम्मेवारी भएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाललाई जिम्मेवार बनाउन सके त्यसबाट प्रयोगकर्ता लाभान्वित हुने उहाँको भनाइ छ । गोरखापत्र 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार