spot_img

Thursday, October 3, 2024

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले हात पार्यो

असार ३१, काठमाडौँ । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो ।

यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ । निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्नुभएको हो ।

 

६६औं मिनेटमा कप्तान लियोनेल मेस्सीचोटका कारण मैदानबाट बाहिरिनु परेपनि अर्जेन्टिनाले उपाधि  रक्षा गर्यो । एञ्जेल डि मारियाको अन्तिम खेलमा अर्जेन्टिनाले उपाधि जितेर  सुखद विदाइ गर्यो ।

अर्जेन्टिना साविक विजेता हो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो । कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकपको छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो भने त्यसयताका सबै २८ खेल जितेको थियो ।

फाइनलमा गोल गर्ने लाउटारो मार्टीनेले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बन्नुभएको हो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार