असार ३१, काठमाडौं । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो ।
दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे । ।
७३औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । कोल पालमरले उत्कृष्ट गोल गरे । मैदान छिरेको तीन मिनेटमा उनले गोल गरेका थिए । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए ।
स्पेनले युरोकपको उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो । स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । इङ्ल्यान्ड भने लगातार दोस्रो युरो कप फाइनलमा पराजित भयो । इङ्ल्यान्डले युरो कपको उपाधि जित्न सकेको छैन ।