spot_img

Tuesday, October 15, 2024

नेपाली कांग्रेसले मन्त्री छनोटको मापदण्ड बनायो

असार ३०, काठमाडौँ।  नेपाली कांग्रेसले मन्त्री छनोटको मापदण्ड बनाएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णयसहित छनोटको मापदण्ड बनाएको हो ।

  • -advertisement-
  • -advertisement-

कांग्रेसले ‘समावेशिता र प्रादेशिक सन्तुलन’लाई आधार मानेर मन्त्री पठाउने निर्णय गरेको छ । ‘कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा मुख्य दुई आधारमा मन्त्री छनोट गर्ने भन्ने निर्णय भयो,’कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘त्यो भनेको समावेशिता र प्रादेशिक सन्तुलन हो । हामीले सकेसम्म एकैपटक नाम दिने गरी छलफल गरिरहेका छौँ ।’

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार