spot_img

Wednesday, January 14, 2026

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता

काठमाडौं।  श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ।

डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ।

यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब शर्ट्समा अपलोड गरी अनिवार्य रूपमा ह्यासट्यागहरु #DanceWithModibeni, #ManjuriFromModibeni र #ModibeniReleaseShrawan18 प्रयोग गर्नु पर्ने र ‘मोदीबेनी’को अफिसियल फेसबुक पेजलाई मेन्सन गर्नुपर्ने जनाइएको छ।

रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोला प्रथा गरी ३ जना भाग्यशाली विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गर्नेछन्। लोकल फार्म, घराना लाउन्ज, सिडिसी सिनेमा तथा केटिएम फिटनेसले विभिन्न पुरस्कार तथा विशेष छुट सौजन्य गर्नेछन्।

रिल बनाउँदा चलचित्रको अफिसियल पेजमा अपलोड भएका रिलहरूबाट गीतको अडियो प्रयोग गर्न सकिनेछ भने भिडियोको स्टेपहरु पनि आइडिया लिन सकिनेछ।

शंकर कोइराला निर्देशित यस चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलिप केसी, जीवन भट्टराई, सुब्रत आचार्य, स्नेहा भट्टराई लगायतको अभिनय रहेको छ। चलचित्रका निर्माताहरू दिलिप केसी र हरी श्रेष्ठ हुन्।

REEL LINK: https://www.facebook.com/reel/401716992883266

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :