जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रीबस चल्न नदिने गृह मन्त्रालयको निर्णय

kala sahitya top

असार २८, काठमाडौँ । गृह मन्त्रालयले खतराको संकेत देखिएका क्षेत्रमा रात्रीबस सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रीबस चल्न नदिने निर्णय भएको जानकारी गराएका हुन्।

Article Inline 2

‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको छ,’ उनले भने, ‘सबैतिर रात्रिकालीन सवारी बन्द गर्ने होइन। रेड ट्राभल एड्भाइजरी जारी जिल्ला र क्षेत्रमा तत् तत् बेला सवारी नचलाउने हो।’
पहिरो जाने र डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने पनि गृहको निर्णय छ।

बाढी, पहिरोबाट ३८ जिल्ला प्रभावित भएको गृहमन्त्री लामिछानेको भनाइ छ। बाढी पहिरोबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको उनले बताए।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :