उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबली बिच शिष्टाचार भेट

Article Inline top 1

असार २८ ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।

भेटमा शुभकामना आदानप्रदानपछि नेपाल र इजिप्टको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ। उपराष्ट्रपति यादवले भन्नुभयो, ‘सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजिप्टको मित्रता, सद्भाव र समझदारीपूर्ण सुमधुर द्विपक्षीय सम्बन्धप्रति हामी सन्तुष्ट छौँ।’

Article Inline 2

उहाँले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रको समूह (नाम) का संस्थापक सदस्य रहेको तथा  संयुक्त राष्ट्र संघ, जी–७७ तथा विश्व व्यापार सङ्गठन लगायतमा सदस्य रही अन्तर्राष्ट्रिय मञ्चमा साझा मामिलामा सहकार्य गर्दै आएकोमा सन्तोष व्यक्त गर्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :