वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा काँग्रेस सभापतिलाई दोष नदिन प्रमुख सचेतक मेटमणि चौधरीको प्रधानमन्त्रीलाई आग्रह

Article Inline top 1

असार २८ ,काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि अनुकूल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो।

Article Inline 2

उहाँले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकूल हुने दाबी गर्नुभयो। उहाँले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताउनुभयो। उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद् विघटन हुनेगरी साक्षी नबस्न पनि सुझाव दिनुभयो।

प्रमुख सचेतक चौधरीले दुई ठुला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भन्दै प्रश्न गर्नुभयो। आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने उहाँको भनाइ छ। उहाँले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गर्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :