single head

विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न दुष्प्रयत्न नगर्न प्रधानमन्त्रीलाई सांसद योगेशकुमार भट्टराईको चेतावनी

single post top 1

असार २८,काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले स्वार्थसिद्ध गर्न देशको राष्ट्रियता उधिन्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिनुभएको छ।

single p1

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिनुभएको छ।

single p2

उहाँले भन्नुभयो- ‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराखेको छ। हामीले संविधानमाथि पुनरावलोकन गर्ने, समीक्षा गर्ने भनेका छौँ। म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु, र यो संसदमार्फत सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीलाई हामी आश्वस्त गर्न चाहन्छौँ, संविधानको पुनरावलोकन अर्थात् संविधान संशोधन २०७२ सालको संविधानको अग्रगमनको लागि हो। जाति जातिको, मधेशीको, पहाडीको, महिलाको, थारु, मुस्लिमको सहकार्य, सहअस्तित्वबाट यो देशको राष्ट्रियता बनेको हो। आज फेरि त्यसलाई आफ्नो स्वार्थसिद्ध गर्नका लागि उधिन्ने काम नहोस्। संविधान संशोधन केमा गर्ने छलफल गरौँला। संविधान संशोधन गर्दा हामी पुष्पकमल दाहाल प्रचण्डको सहयोग चाहन्छौँ।’

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3