spot_img

Tuesday, March 25, 2025

देश र जनताले उपलब्धि प्राप्त गर्ने गरी काम गर्न केपी शर्मा ओलीलाई प्रदीप पौडेलको आग्रह

असार २५ ,काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री भएर दुई वटा अवसर प्राप्त भएकोले देश र जनताले उपलब्धि प्राप्त गर्नेगरी काम गर्न आग्रह गरेका छन् ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तराद्र्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरे । उनले भने, ‘केपी ओलीज्युलाई दुई वटा अवसर प्राप्त भएको छ ।

दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त ग¥यो भनेर उहाँले गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति छैन । उहाँ जीवनको र राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ ।

परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ । झन्डै दुई तिहाईले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्नेसक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार