सुनको मूल्य तोलामा रु. चार सयले घट्यो / प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार

photo feature

 असार २४, काठमाडौँ ।  आज सुनको मूल्य तोलामा रु. चार सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

Article Inline 2

आइतबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु. एक लाख ४४ हजार सात सय कायम भएको छ ।

महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ । आइतबार  रु. एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :