spot_img

Wednesday, October 9, 2024

बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिने

 असार २४ ,हेटौँडा। बागमती प्रदेश सरकारबाट नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरूले  सोमबार राजीनामा दिने भएका छन् ।

सङ्घमा भएको सत्ता समीकरण परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै यस प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।

  • -advertisement-
  • -advertisement-

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको १३ सदस्यीय मन्त्रीमण्डलमा एमालेका तर्फबाट पाँच जना मन्त्री सहभागी छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सोमबार मुख्यमन्त्रीलाई पाँचै जना मन्त्रीको मुख्यमन्त्री समक्ष सामूहिक राजीनामा बुझाउने जानकारी दिनुभयो ।

सङ्घका एमाले मन्त्रीहरूले सरकारबाट राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यस प्रदेशमा पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरे पनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहनुभएकोले रोकिएका थिए । आइतबार राजीनामा दिने भनिए पनि मुख्यमन्त्रीले मन्त्रीपरिषद् बैठकपछि मात्र राजीनामा दिन भनेपछि सहमतिमा आज राजीनामा दिन लागिएको हो ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार