single head

नारायण नदीको चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

single post top 1

असार २४,गैंडाकोट (एन एस सुबेदि)। गैंडाकोट वार्ड नम्बर ६ को आयोजनामा वृक्षारोपण गरिएको छ।

single p1

सोमबार गैडाकोट वार्ड नं ६ को सृजनशील आधारभूत विद्यालय अगाडि नारायण नदीको चौरमा वृक्षरोपण गरिएको छ। गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले पिपलको बोट रोपेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको हो।

single p2

वृक्षारोपण कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले वृक्षारोपणले वातावरण जोगाउने बताउनुभयो । उहाँले  विकाससँगै वातावरणमा प्रदूषण बढेकोले स्वच्छ वातावरणका लागि वृक्षारोपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट वार्ड नम्बर ६ का वडा अध्यक्ष सुभाष चापगाईंले भन्नुभयो वातावरणलाई जोगाउनु भनेको आफ्नै जीवन रक्षा गर्नु हो।  हामीले हाम्रो वातावरणलाई स्वच्छ पार्न र हाम्रो समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेको छौं र आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्ने अध्यक्ष चापागाईंले बताउनुभयो ।

नारायणी नदीको कटानलाई रोकथाम गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ भू-क्षय नियन्त्रणका लागि पनि उपयुक्त भएको त्यस्तै गैडाकोट नगरपालिकाको आगामी दिनमा रिङरोड हुने सम्भावना भएको स्थान र तरबुजा खेती गर्न उपयुक्त योग्य भूमि भएको ठाउँमा वृक्षारोपण गरिएको वडा अध्यक्ष चापागाईंले बताउनुभयो।

वृक्षारोपण कार्यक्रममा वर ,पिपल ,बाँस ,तेजपत्ता र कल्कि लगायतका विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएको छ।
कार्यक्रममा वडा सदस्य रणबहादुर दराई ,पवित्रा अधिकारी ,चन्द्रबहादुर विश्वकर्मा ,गैंडाकोट वार्ड नम्बर ६ का टोल विकास संस्था , सामाजिक व्यक्तित्व ,बुद्धिजीवी व्यक्तित्व, राजनीतिक व्यक्तित्व लगायत वडा नम्बर ६ का वडाबासीहरूको उपस्थिति रहेको थियो ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3