spot_img

Wednesday, October 9, 2024

स्थानीय बजारमा सिमेन्टको खपत न्यून हुुँदा निर्यातमा उलेख्य वृद्धि

असार २३, काठमाडौँ। देशबाट अधिकांश वस्तुुको निर्यात घटिरहेको बेला सिमेन्ट र क्लिङ्करको निर्यात भने ४८४ प्रतिशतले वृद्धि भएको छ । स्थानीय बजारमा सिमेन्टको खपत न्यून हुुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । चालुु आर्थिक वर्षको ११ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म तीन अर्ब ६५ करोड ७१ लाख ६१ हजार रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको हो ।

  • -advertisement-
  • -advertisement-

११ महिनामा एक अर्ब ८३ करोड ४६ लाख ८९ हजार रुपियाँको सिमेन्ट र एक अर्ब ८२ करोड ४५ लाख ७१ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ३६ लाख ४२ हजार रुपियाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालुु आवको ११ महिनामा एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँको क्लिङ्कर निर्यात भएका छन् । गत वर्ष सो अवधिमा ३६ करोड ४० लाख ११ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।

सरकारले गत आवको बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुुदानको व्यवस्था गरेसँगै निर्यातमा उलेख्य वृद्धि भएको हो । देशको समग्र निर्यात निराशाजनक रहेका बेला सिमेन्ट र क्लिङ्करको बढ्दो निर्यातले आशा जगाएको छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो ।

सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० सिमेन्ट उद्योग बन्द रहेको र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेको व्यवसायीको भनाइ छ । देशमा आत्मनिर्भर रहेको सिमेन्ट उद्योग आर्थिक सङ्कटका कारण पूर्ण क्षमतामा सञ्चालन हुुन सकेको छैन । नेपालबाट सिमेन्ट तथा क्लिङ्कर भारतमा निर्यात भइरहेको छ । हाल पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सिजी, बालाजी, बाहुबली र सृष्टि ब्रान्डका नेपाली सिमेन्ट बेहलिया, भैरहवा, नेपालगन्ज नाकाबाट बढी मात्रामा भारतीय बजारमा बिक्री भइरहेका छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार