spot_img

Monday, April 28, 2025

नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटायो

असार २२,काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।

शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए । तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन । पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले सूचीमा उनको नाम समावेश नगरिएको हो ।

आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए ।तर पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय बनेको आलेले बताएका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार