spot_img

Wednesday, December 10, 2025

नारायणी नदीमा निरन्तर बाढी बढिरहेकोले सतर्कता अपनाउन आग्रह

असार २२,गैडाकोट।  लगातार परेको अविरल वर्षाका कारण शनिबार बिहानदेखि नारायणी नदीमा निरन्तर बाढी बढिरहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल मापन केन्द्र देवघाटले शनिबार बिहान दिएको जानकारी अनुसार १०ः ४० बजे गरिएको मापनमा पानीको सतह सात मिटर ३९ सेन्टीमिटर पुगेको जनाएको छ ।  सात मिटर ३० सेन्टिमिटर भन्दा माथिको सतहलाई सचेत तहको रुपमा मानिन्छ । नौ मिटरभन्दा माथिलाई खतराको तह पार गरेको मानिन्छ ।

जल मापन केन्द्रले दिएको जानकारीलाई आधार मान्दै नारायणी नदी किनारका बस्तीका बासिन्दालाई सचेत रहन नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले आग्रह गर्नु भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :