असार १६, काठमाडौँ । दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ।
शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो। पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका भने भारतसँग पराजित हुँदा पहिलो उपाधिबाट चुक्यो ।
वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो। पाचौँ विकेटका लागि विराट कोहली र शिवम दुवेले ५७ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलतर्फ डोर्याएको थिए।
ओपनर विराट कोहली ७६ रन बनाउँदा क्याच आउट भए। ५९ बलमा ६ चौका र २ छक्का हानेका कोहली १८.५ ओभरमा मार्को जानसेनको बलमा कागिसो रवाडाको हातबाट क्याच आउट भए। कोहलीले ४८ बलमा ४ चौका र सहयोगमा अर्धशतक पूरा गरेका थिए। शिवम दुवे २७ रनमा क्याच आउट भए। १६ बलमा ३ चौका र १ छक्का हानेका दुवे अन्तिम ओभरको चौथो बलमा एनरिच कोर्टेजको बलमा क्याच आउट हुन पुगे।
भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । पाचौँ विकेटका लागि हेनरिक क्लासेन र डेभिड मिलरले ४५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाको इनिङस उकासेका थिए। २७ बलमा २ चौका र ५ छक्का हान्दै ५२ रन बनाएका क्लासेन हार्दिक पाड्याको बलमा विकेट किपरको हातबाट आउट भए।
ओपनर क्वीन्टन डी कक ३१ बलमा ४ चौका र १ छक्का सहयोगमा ३९ रन बनाउँदा अर्षदिप सिंहको बलमा कुलदिप यादवको हातबाट क्याच आउट भए। नवौँ ओभरको पाचौँ बलमा ट्रिष्टन स्टुब ३१ रन बनाउँदा अक्षर पटेलको बलमा बोल्ड आउट भए। दोस्रो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको थियो।
पहिलो विकेटका रुपमा दक्षिण अफ्रिकाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई ४ रनमा गुमाएको थियो। भारतका लागि अर्षदिप सिंह र जसप्रित बुमराहले समान२ विकेट लिए। अक्षर पटेल। र हार्दिक पाण्ड्याले समान १ विकेट आफ्नो नाममा गरे।
यसैबिच भारतलाई टी-२० विश्वकप जिताएपछि विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा समेत गर्नुभएको छ ।
उहाँले नयाँ पुस्तालाई अगाडि बढाउन आफुले सन्यासको घोषणा गरेको समेत उल्लेख गर्नुभएको छ । छैटौँ पटक टी-२० विश्वकप खेल्नुभएका विराटको यो पहिलो विश्वकप उपाधि हो ।