असार १५, काठमाडौँ । आईसिसि टी– २० विश्वकपको फाइनलमा आज भारत र दक्षिण अफ्रिका भीड्दैछन् । बरबाडोसमा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराउँदै उपाधि भीडन्त पक्का गरेका हुन् ।
भारत सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी– २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ को उपविजेता भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।
त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यस अघि २०१४ र २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । त्यसैले भारत दोस्रो र दक्षिण अफ्रिका दोस्रो उपाधिको खोजीमा छन् ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी–२० खेल भएका छन् । जसमा भारतले १४ र दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा विहीन छ ।
भारतका लागि कप्तान रोहित शर्मा राम्रो फर्ममा छन् । यो विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन् ।
त्यस्तै अर्शदीप सिंह भारतका लागि सर्बाधिक सफल बलर हुन् । उनले ७ खेलमा कुल १५ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सुचिमा दोस्रो स्थानमा छन् । त्यस्तै जसप्रित बुमराहले १३ कुलदीप यादवले १० विकेट लिएका छन् ।
त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्बाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्बाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।