२१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल द्वारा शुभकामना व्यक्त

असार १५, काठमाडौँ । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ आज दिवस मनाउन लागिएको छ ।

नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसको कार्यान्वयनका लागि नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी गरेको छ। उक्त ऐनमार्फत नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानुनी अधिकारको रूपमा स्थापित गरिएको उहाँले शुभकामना मार्फत उल्लेख गर्नुभएको छ।

Article Inline 2

यसै गरी, खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीति कार्यान्वयन गरिएको छ ।

जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा परेको नकारात्मक असरको न्यूनीकरण गरी धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :