spot_img

Wednesday, January 15, 2025

पोखरामा असार १५ गते असारे रोपाइँ महोत्सव हुने

असार १३ पोखरा ।  हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९औँ संस्करण यस वर्ष पोखरा महानगरपालिका–२३ फेवाफाँटको मार्गीमा हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९औँ संस्करणको तयारीलाई तीव्र बनाइएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहेका छन् ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-
महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिताअन्तर्गत स्वदेशी र विदेशी महिला र पुरुष पर्यटकको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । त्यसअवसरमा विभिन्न सांस्कृतिक प्रस्तुुति पनि रहने छन् ।
२०६१ सालबाट शुरु भएको महोत्सव यस अगाडिका बर्षहरुमा बिरुवा फाँट,कुँडहरु फाँट,बाच्छेबढुवा,सेदिबगर,फेवा फाट,अर्मला फाँट,महतगौडा,लमाचौर,लेखनाथ,पामेफाँट जस्ता पोखरा महनागरपालिकाका भित्रका खेति योग्य जमिनमा आयोजना हुदै आइरहेको छ ।
कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार