चितवन निवासी युवा रोशन लामिछाने साइकल चलाएर विश्वयात्रामा निस्कँदै

Article Inline top 1

 असार,११ चितवन। भरतपुर-९ चितवन निवासी युवा रोशन लामिछाने विश्व साईकलयात्रा जाने भएका छन् ।

Article Inline 2

साइकलयात्राबारे जानकारी दिन मंगलबार द ग्रिन पार्क रेष्टुरेण्ट लंकुमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बुधबार बिहानदेखि भरतपुरबाट विश्व साईकलयात्रा निस्कन लागेको बताएका हुन ।

लामिछानेका अनुसार यो विश्व साईकलयात्रा पाँच वर्षसम्म चल्ने छ । पहिलो चरणमा भरतपुरबाट पूर्वतर्फ झापाहुँदै बंगलादेश पुग्ने उनको कार्यतालिका रहेको छ ।  पासपोर्टमा बंगलादेशको भिसा लागिसकेको उनको भनाइ छ ।

विश्वयात्राका क्रममा विभिन्न देशको भिसा पाउन सहज होस् बनाउन  लामिछानेले परराष्ट्र मन्त्रालयबाट पत्र बनाइसकेका छन् । वातावरणका लागि वृक्षारोपण र मानवताका लागि रक्तदान भन्ने नारा बोकेर विश्वयात्रा गर्न लागेको उनले बताएका हुन्  ।
‘म जुन देशमा पुग्नेछु त्यहाँ वृक्षारोपण र रक्तदान कार्यक्रम आयोजना हुनेछ’ लामिछाने भन्छन्, ‘यसको सहजीकरणका लागि नेपाल रेडक्रस सोसाइटीबाट सिफारिस पत्र प्राप्त गरिसकेको छु ।’

विश्वयात्राका क्रममा पाँच वर्षमा सय भन्दा बढी देशहरुको भ्रमण गर्ने लक्ष्य लिएका छन् । यात्राका लागि पर्याप्त तयारी गरिसकेको जानकारी दिए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :