असार ११,काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा २१ निर्णय सार्वजनिक गर्नुभएको हो ।
मन्त्री शर्माले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
त्यस्तै यही असार २७ देखि २९ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
[embedpress_pdf]https://fastkhabaronline.com/wp-content/uploads/2024/06/मन्त्रिपरिषद्-बैठकका-निर्णय.pdf.pdf[/embedpress_pdf]
कमेन्ट :