निजामति कर्मचारीको सरुवा अनिश्चित कालका लागि स्थगित

taja samachar side 1

असार १०, काठमाडौँ । सरकारले निजामति कर्मचारीको सरुवा स्थगित गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय निर्णय गर्दै अनिश्चित कालका लागि कर्मचारीको सरुवा रोकेको हो । गत बिहीबार गरेको निर्णय आइतबार सार्वजनिक गर्दै मन्त्रालयले सरुवा स्थगन भएको जानकारी दिएको छ ।

Article Inline 2

‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१ असार ६ गतेको निर्णयानुशार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको ब्यहोरा २०८१ असार सात गतेको निर्णयानुशार सम्बन्धित सबैको जानकारीका लागि  सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले आइतबार प्रकाशित सूचनामा उल्लेख छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :