सुन प्रतितोला दुई हजार सात सय रूपैयाँले घट्यो

under rastriya

असार ९ ,काठमाडौँ । आइतबार सुन–चाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आइतबारका लागि रु. एक लाख ४२ हजार निर्धारण भएको छ ।

Article Inline 2

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला रु. ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु. एक हजार आठ सय १५ निर्धारण भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :