spot_img

Friday, April 10, 2026

सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव नभएको – प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ, असार ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो। सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उहाँले सरकारमा रहँदासम्म सत्तारुढ दलबिच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो।

प्रधानमन्त्री दाहालले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :